देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

देशका अधिकांश भागमा वर्षा, हिमाली भेगमा हिमपात

काठमाडौं, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैं उपत्यका सहित देशका अधिकांश भागमा वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार काठमाडौं उपत्यका सहित पश्चिमी, मध्य र पूर्वी पहाडी भू–भागमा सामान्यदेखि पूर्णतया बदलीका साथ बर्षा भएको हो ।

महाशाखाले आगामी तीन दिनसम्म सामान्य वर्षा, उच्च हिमाली भेगमा हिमपात हुने जनाएको छ । देशका धेरैजसो भूभागमा बिहीबार साँझदेखि नै सुरु भएको वर्षा रोकिएको छैन ।

वर्षाका कारण चिसो बढेको छ भने हिमाली भेगमा हिमपात भइरहेको छ । वर्षा र हिमपातका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न क्षेत्रका जनजीवन प्रभावित बनेको छ ।

कर्णाली प्रदेशमा यो बर्ष सातौंपटक हिमपात भएको छ । हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ ।

हिमपात र वर्षाले कठ्याग्रिने चिसो बढेको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बनेको छ ।

हिमपातका कारण पानीको धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युतका पोल भाँचिने तथा तार चँुडिने समस्या बढेको स्थानीयले बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);