देशका विभिन्न भागमा हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

देशका विभिन्न भागमा हल्का वर्षा, उच्च हिमाली भेगमा हिमपातको सम्भावना

rain in ktm

काठमाडौं, १८ पुस । आज उपत्यका सहित देशका बिभिन्न भागमा हल्का बर्षा भएको छ । वर्षाका कारण काठमाण्डौ उपत्यका लगायत देशभर चिसो बढेको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौषमबिदका अनुसार आज देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी भोलि देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको औँल्याएको छ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १८ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । बर्षासंगै चिसो बढेपछि देशभरको जनजीवन प्रभावित बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);