देशभर आज सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

देशभर आज सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने

काठमाडौँ १९ पुष। पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने,उच्च हिमाली जिल्लामा हिमपातको संभावना रहेको छ।पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम एक दशमलव तीन र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस मापन गरिएको छ ।

त्यस्तै आइतबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव शून्य र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);