आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज यी प्रदेशका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाडाैं । हाल मुलुकमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली छ भने तराईका केही भूभागमा हुस्सु लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

राति उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । बुधबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);