कस्ताे छ आजकाे माैसम ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कस्ताे छ आजकाे माैसम ?

काठमाडौं । आज सोमबार मुलुकका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा  हल्का वर्षाको  सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ ।

देशको पहाडी  भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा  हल्का  वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);