आज गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज गण्डकीसहित यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भूभागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);