आज यी स्थानमा हिमपात हुने, कस्तो रहला आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आज यी स्थानमा हिमपात हुने, कस्तो रहला आजको मौसम

काठमाडौं । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १ र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । प्रदेश १ र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);