पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, २५ चैत। आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै भूभागहरुमा तुंवालो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेश साथै अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेनुका साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानहरुमा तुंवालो लागेकोले सोबाटसमेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);