पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

पहाडी भूभागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं, २५ चैत। आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश लगायत अन्य केही पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै भूभागहरुमा तुंवालो लागेको अवस्था छ ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने प्रदेश नं. १ र सुदूरपश्चिम प्रदेश साथै अन्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेनुका साथै देशको तराई र पहाडी भूभागका अधिकांश स्थानहरुमा तुंवालो लागेकोले सोबाटसमेत बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार