प्रदेश नं.१ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

साउन १७ २०८३, सोमबार

प्रदेश नं.१ का केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना

mausam anuman

काठमाडौं, २२ चैत। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १का पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पहाडी भूभागमा आंशिक बदली रही प्रदेश १ का केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply