पश्चिमी वायुको आंशिक प्रभाव कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौं, १४ चैत । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम नै रहेको छ । अहिले देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ ।देशका पहाडी भूभागका केही स्थानमा भने मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिक बदली रही पहाडी भू– भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);