किरांतीको धार्मिक पहिचान बोकेको ‘खुवालुङ’ नफुटाउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

किरांतीको धार्मिक पहिचान बोकेको ‘खुवालुङ’ नफुटाउन आग्रह

सुनसरी, १३ चैत ।किरात धर्मावलम्बीहरुको धार्मीक ग्रन्थ ‘मुन्धुम’मा उल्लेखीत ‘खुवालुङ’ पानी ढुंगालाई किरांतीहरु आफ्नो उत्पतीको थलो मान्दछन् । उदयपुर, धनकुटा, भोजपुर जिल्लाको सिमानामा रहेको किराँतीहरुको उदय भएको मानिने उक्त ढुंगा फुटाउने चर्चा चलेसँगै सरोकारवालाहरुले त्यसो नगर्न आग्रह गरेका छन् ।

सप्तकोशी नदीमा संचालीत पानी जहाजलाइ बाध पुगेको भन्दै उदयपुर, धनकुटा, भोजपुरको त्रिवेणीमा रहेको पानी ढुंगा ‘खुवालुङ’ फुटाउने तयारी प्रति सरमोकारवालाहरुले असन्तुष्टि पोखेका छन् । किरांतीहरुको उत्पतीको थलो मानिने र धार्मिक पहिचान बोकेको खुवालुङ नफुटाउन स्थानीय तथा सरोकारवालाहरुले जोड दिएका छन् ।

नदिको बिचमा रहेको ‘खुवालुङ’ ढुङगाको कारण जहाज संचालनमा जोखीम भएकोले त्यसलाई फुटाउन लागिएको भनिएको छ । चर्चामा आएको ‘खुवालुङ’का कारण व्यवसायीलाई फाईदा पुगिरहेको कारण वैकल्पीक जलमार्ग सरकारले निर्माण गर्न आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ । ।

किरातिंहरुको धार्मीक आस्थाको केन्द्रबिन्दु रहेको ‘खुवालुङ’ लाई संरक्षण गरि वैकल्पिक जलमार्ग निर्माण गर्न सके सबैपक्षमा सकारात्मक सन्देश जाने वास्तविकतालाई सम्बन्धित पक्षले गम्भिरतापूर्वक लिनु पर्ने देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);