ओझलमा पर्दे पौराणिक महत्वका गुफा | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

ओझलमा पर्दे पौराणिक महत्वका गुफा

प्रकाश नेपाल
पाल्पा, ८ फागुन ।
पाल्पा जिल्लामा पर्यटकिय संभावना बोकेका ठाउँहरु ओझेलमा परेकाछन । पाल्पा जिल्ला पर्यटकिय हिसावले प्रचुर संभावना बोकेको ठाउँ भएपनि प्रचार प्रसारका अभावका कारण यस क्षेत्र गुमनाम जस्तै बनेको छ । यहाँका प्रकृतिक गुफाहरु धार्मिक ग्रन्थमा उल्लेख भए पनि पहुच र पुर्वाधार नभएका कारण ओझेलमा परेका हुन् ।

स्थानियहरुले सयौँ वर्ष अगाडि तानसेन नगरपालिकाको बौघागुम्बा तिनाउ गाउपालिकाको दोभान र रामपुर नगरको मा रहेको गुफा पहिचान गरि पर्यटकिय गन्तब्यका लागि पहल गरे पनि प्रचार र प्रसार व्यवस्थापन हुन नसक्दा धार्मिक र पाराणिक महत्व बोकेका यस्ता गुफाहरु ओझेलमा पर्ने गरेका छन् ।

प्रदेश सरकारले समेत यस्ता महत्व बोकेको र यातायातको सुविधा भएको गुफाहरुलाई गन्तब्य स्थानका रुपमा बर्गिकरण गर्न कन्जुस्याई गरेका कारण प्राकृतिक गुफाहरु ओझेलमा पर्ने गरेको जानकारहरु बताउँछन् ।

पर्यटनको राम्रो संभावना बोकेको भएपनि प्रदेश सरकार र स्थानिय सरकार बिचमा समन्वय हुन नसक्दा गुफा भित्र प्रष्ट देख्न सकिने प्राकुतिक कला कौशल ले भरिपुण सुन्दर दृष्य रहेको बस्तु स्थानिय तहमा मात्र सिमित हुन पुगेको भन्दै प्रदेश सरकारले धार्मिक पर्यटकिय र पौराणिक महत्व बोकेकोे स्थानको संरक्षणमा ध्यान दिनु पर्ने स्थानिय बताउँछन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);