चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड

राजेन्द्र आचार्य । २५ फाल्गुन, चितवन । चितवन नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो । चितवनमा पर्यटकीयस्थलहरु निकै रहेका छन् । तर, तिनिहरुको उल्लेख्य प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेका छन् । चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड दिएका छन् ।

चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड

राजेन्द्र आचार्य । २५ फाल्गुन, चितवन । चितवन नेपालको प्रमुख पर्यटकीय क्षेत्र हो । चितवनमा पर्यटकीयस्थलहरु निकै रहेका छन् । तर, तिनिहरुको उल्लेख्य प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेका छन् । चितवनका पर्यटकीय स्थलको उचित प्रचार–प्रसारमा सरोकारवालाहरुले जोड दिएका छन् । चितवन जिल्लाको विकट क्षेत्र शक्तिखोरमा पर्ने सम्फर्याङ सामुदायिक वन क्षेत्र आकर्षक पर्यटकिय गन्तव्य भएर पनि ओझेलमा परेको छ ।

प्राकृतिक रुपले आकर्षक भए पनि यस क्षेत्रमा पूर्वाधार अभाव र प्रचार–प्रसार नहँुदा पर्यटक भित्र्याउन नसकिएको सरोकारवालाहरुको गुनासो रहँदै आएको छ । सम्फर्याङ सामुदायिक वन ९२ हेक्टर क्षेत्रफलमा फैलिएको छ भने १ सय ३० उपभोक्ता छन् । जसमा ७० प्रतिशत बढी चेपाङ रहेका छन् । उनीहरुले गएको हप्तामात्रै प्रति घर २ जनाका दरले श्रमदान गरेर झण्डै चार किलोमिटर बाटो निर्माण गरेका छन् ।

उनीहरुले आकर्षक पर्यटकिय क्षेत्र भूँयरीदेवी थानदेखि नागदहसम्म बाटो निर्माण भएपछि अहिले पर्यटक आकर्षणका लागि प्रचार अभियानलाई तिब्रता दिएका हुन् । अहिले सम्फर्याङमा नयाँ पर्यटकिय क्षेत्र पहिचान भएकाले आकर्षण थपिएको उपभोक्ताहरु बताउँछन् । हाल कालिका नगरपालिकामा जोडिएको साविक शक्तिखोरमा पर्ने यो सामुदायिक वनको क्षेत्र पहाडै पहाडले घेरिएको छ ।

त्यसभित्रबाट खोंच हुदैै बहने सम्फर्याङ खोला आफैंमा मनमोहक देखिन्छ । खोलाको शिरदेखि शक्तिखोर बजारसम्म पर्यटकलाई आकर्षित गर्ने दह, ओडार, गुफा, झरना, पहरा, छाँगा छहरा तथा विभिन्न आकर्षक क्षेत्र र भुवनोट रहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);