पर्यटन बोर्ड र नाटाको भ्रमण टोलीलाई म्याग्दी उसंघद्वारा स्वागत | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पर्यटन बोर्ड र नाटाको भ्रमण टोलीलाई म्याग्दी उसंघद्वारा स्वागत

म्याग्दी । नेपाल पर्यटन बोर्ड र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस नाटाको भ्रमण टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । म्याग्दीको पर्यटकिय स्थल टोड्के र मुस्ताङको कालोपानी भ्रमणका लागि निस्किएको सो टोलीलाई सोमवार म्याग्दी उद्योग बाणिज्य संघ द्वारा स्वागत गरिएको हो ।

म्याग्दी उद्योग बाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष बेल बहादुर कटुवालले टोलीलाई स्वागत गर्दै भ्रमण सफलताको शुभकामना प्रकट गरेका छन् । अध्यक्ष कटुवालले म्याग्दी जिल्लाको पर्यटकीय गन्तब्यहरुको बारेमा पनि जानकारी गराएका थिय।

जिल्लामा थुप्रै धार्मिक, सांस्कृतिक, तथा एैतिहाँसिक स्थलहरु रहेका तर ति ठाउँहरुमा पर्यटनमुखी पूर्वाधारहरुको कमि भएका कारण पर्यटनको सम्भावना हुँदा हुँदै पनि जिल्ला ओझेलमा परेको उनले बताए । साथै उनले जिल्लामा पर्यटन प्रवद्र्धन र बिकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन पनि पर्यटन बोर्डलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा नाटा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिक्देलले पर्यटकीय स्थलहरुलाई चिनाउनका लागि आन्तरिक पर्यटककै अथवा स्थानीयकै भूमिका महत्वपूर्ण हुने हुँदा म्याग्दीको पर्यटकीय स्थलमा पहिला म्याग्देलीहरु नै पुग्नु पर्ने धारणा राखेका थिए । पछिल्लो समयमा म्याग्दीको टोड्के, पुनहिल, तातोपानि आकर्षक पर्यटकीय गन्तब्यको रुपमा बिकास हुँदै गरेकाले यसको थप प्रचारप्रसारका लागि भ्रमण स्थलको रुपमा हाललाई टोड्केलाई छनौट गरिएको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका प्रबन्धक नविन पोख्रेलले म्याग्दी जिल्ला पर्यटक यात्रीहरुका लागि चौतारी भएकाले गन्तब्य मुस्ताङ बनाएर आउने पर्यटकलाई म्याग्दीमा थकाई मार्न सक्ने गरि पर्यटन पूर्वाधारको बिकास गर्नुपर्नेमा जोड दिए । उनले दुध दिने गाईलाई धेरै घाँस हालिन्छ भन्ने उखान सम्झिदै जहाँ पर्यटनको सम्भावना छ त्यहाँ पर्यटन बोर्ड पुग्ने बताए।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कटुवालको अध्यक्षता र महासचिव अमित बानीयाँको संचालनमा सम्पन्न भएको स्वागत कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले समापन गरेका थिए । कार्यक्रमको समापन गर्दै श्रेष्ठले सडकले गर्दा पदमार्गहरु ओझेलमा परेकाले त्यसतर्फ पनि सरोकारवाला निकायको ध्यान जान आवश्यक रहेको बताए । साथै कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघले विभिन्न समयमा प्रकाशन गरेको स्मारिका पर्यटन बोर्ड र नाटालाई प्रदान गरेको थियो । भ्रमण टोलीमा पर्यटन बोर्ड, नाटाका पदाधिकारी, गण्डकी प्रदेशका पर्यटन ब्यबसायी, तथा संचारकर्मीहरु सहित २८ जना सहभागी छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);