सुदूरपश्चिममा नेपाल भ्रमण वर्ष २०२० काे लागि निम्तो दिने अभियान सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सुदूरपश्चिममा नेपाल भ्रमण वर्ष २०२० काे लागि निम्तो दिने अभियान सुरू

श्रवण देउवा

कैलाली, २५ साउन । नेपाल भ्रमण वर्ष २०२० लाई साथ दिँदै सुदूरपश्चिमका व्यवसायीहरुले भ्रमणका लागि निम्तो दिने अभियान थालेका छन् । सुदूरपश्चिमका पर्यटकीय स्थलका तस्बीरसहित उद्योग वाणिज्य संघका २० जनाको टोली प्रचारप्रसारका लागि शनिबार धनगढीबाट पूर्वी नेपाल प्रस्थान गरेको छ ।

प्रचारप्रसारका क्रममा सुदूरपश्चिम भ्रमणका लागि निम्तो दिन सुदूरपश्चिमका पर्यटकीय स्थलहरुको तस्बीर सहित घरदैलोमा निम्तो पु-याउने अभियान थालिएको हो । यसैलाई सफल पार्न कैलाली उद्योग बाणिज्य संघ सुदूरपश्चिमले अभियान शुरु गरेको छ ।

कैलाली उद्योग बाणिज्य संघको टोलीले सबै प्रदेश सरकार, क बर्गका उद्योग बाणिज्य संघका प्रतिनिधीहरुलाई सुदूरपश्चिमका पर्यटन गन्तव्यको जानकारी सहित भ्रमणका लागि निम्तो दिने छ ।

नेपाल भ्रमण वर्ष २०२० मा सुदूरपश्चिम घुम्न आउने निम्तो दिनका लागि पर्यटकीय स्थलको तस्बिर सहित उद्योग वाणिज्य संघको २० जनाको टोली शनिबार धनगढीबाट पूर्वी नेपाल प्रस्थान गरेको छ ।

पूर्वी नेपालको भ्रमणमा निस्केको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले एक कार्यक्रमकाबीच बिदाई गर्नुभयो । मन्त्री भट्टले सुदूरपश्चिममा रहेका बिभिन्न पर्यटनका सम्भावनाहरुलाई उजागर गर्न देश भर प्रचार प्रसार गर्न योगदान पुग्ने विश्वास लिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);