१४ औं सुदूरपश्चिम महोत्सव २०७६ को तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

१४ औं सुदूरपश्चिम महोत्सव २०७६ को तयारी

sudurpaschim mahosab

काठमाडौं, १२ मंसिर । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १४ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १४ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ । संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।

महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने संघले जनाएको छ । कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यानसहितका ३ सयभन्दा बढी स्टल रहने संघका महासचिव ओम विष्टले बताए । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);