पोखरा विमानस्थलको ५२ प्रतिशत निर्माण कार्य सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पोखरा विमानस्थलको ५२ प्रतिशत निर्माण कार्य सम्पन्न

pokhara bimansthal

काठमाडौं, १२ मंसिर । पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थलबाट सन् २०२१ देखि हवाई उडान गर्नको लागि थप १ सय ४७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ । पोखराबाट हवाई उडान (फ्लाइट) का लागि अत्यावश्यक दक्षिणपूर्वीतर्फ एक सय ६ रोपनी र उत्तरपूर्वीतर्फ भने करिब ४२ गरी १ सय ४८ रोपनी जग्गा आवश्यक भएको पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए ।

पोखरा विमानस्थल निर्माण भएसँगै सन् २०२१ बाट हवाई उडान गर्नका लागि थप जग्गा आवश्यक भएकाले उक्त जग्गा अधिग्रहणको लागि प्रक्रियासमेत अघि बढाइएको प्रमुख मुना नकर्मीले बताए । क्याबिनेट बैठकले समेत केही दिन उक्त जग्गा अधिग्रहण गर्ने निर्णय भएकाले अब छिट्टै प्रक्रियामा जाने आफूहरूले तयारी गरेको उनले बताए ।

उनका अनुसार उक्त जग्गाभित्र करिब १६ घर परेका छन् । हवाई उडान गर्नका लागि इकुमेन्ट सहितको सामग्रीहरू रन वेभन्दा केही खुला तथा टाडा राख्नुपर्ने भएकाले उक्त जग्गा आवश्यक भएको भन्दै आफूहरूले अधिग्रहण गर्न प्रस्ताव पेस गरिएको प्रमुख मुना नकर्मीले जनाए । १ किलोमिटर लम्बाइ र ३ सय ३० मिटर चौडाइको जमिन आवश्यक भएको उनले बताए । भविष्यलाई हेरी थप सुरक्षित र व्यवस्थित पार्न केही जग्गासमेत आवश्यक हुने उनको भनाइ थियो । यो समाचार आजको कारोबार दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);