म्याग्दी जेसिसद्वारा निशुल्क आखाँ शिविर सम्पन्न, साढे ३ सय जना लाभान्वित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

म्याग्दी जेसिसद्वारा निशुल्क आखाँ शिविर सम्पन्न, साढे ३ सय जना लाभान्वित

म्याग्दी । म्याग्दी जेसिसको आयोजनामा एक दिने निशुल्क आखाँ शिविर सम्पन्न भएको छ । बेनि नगरपालिका–४ डाडाखेतस्थित श्री बाल मन्दिर आवासिय बिद्यालयमा निशुल्क आँखा शिबिर सम्पन्न गरिएको हो ।

शनिबार भएको शिविरबाट झन्डै १०० विद्यार्थी र २५० अबिभावक तथा स्थानीय बासी लाभान्वित भएका छन् । शिविरमा बे।न।पा–छ भिरमुनी कुमाल्डी सेतो ढुङ्गा र बेनपा–४ डाडाखेतको स्थानियको सहभागिता थियो । आखाँका १०० जना बिरामीलाई चस्मा र औषधी निशुल्क वितरण गरिएको थियो । १०÷११ जनालाई मोतिया बिन्दुको अप्रेसन गर्नु पर्ने भएकोले बेनिमा सुरु हुने सिबिरमा सिफारिस गरिएको जेसिस अध्यक्ष सुमन बानियाँले बताउनु भयो । यसै वर्ष म्याग्दी जेसीजले नेपाल जेसीज क्षेत्र ख सम्मेलन आयोजना गर्ने जानकारी दिँदै बानियाँले भन्नुभयो,‘जहाँ ७÷८ सय जेसीज परिवार भित्रका सदस्यहरु म्याग्दी आउने छन र यहाँको पर्यटन प्रबर्द्धनमा पनि सहयोग पुग्ने छ।’

कार्यक्रममा जेसिस शाखा तथा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुमन बानियाँ, जेसिसका कार्यकारिणी उपाध्यक्ष दिनेस कुमार विस्वकर्मा, जेसिसका पुर्ब अध्यक्ष सुजन बरुवाल, नेत्र ज्योति सङ्गका अध्यक्ष अमर बानियाँलगायतको उपस्थिति थियो ।

नेत्र ज्योती संघ म्याग्दीको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा तातोपानी स्वास्थ चौकीले दुई जना कर्मचारी उपलब्ध गराएको थियो ।

कार्यक्रममा शिबिरबारे नेत्र ज्योति सङ्गका अधिकृत तथा कार्यक्रम संयोजक दिनेस बानियाँले प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);