एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

एमालेको दशौं महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन

म्याग्दी । आगामी मंसिर १० देखि १२ गते सम्म चितवनमा आयोजना हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दी जिल्ला बाट ९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन ।

बुधबार देखि सुरु भएको प्रतिनिधि छनौट निर्बाचन कार्यक्रम अन्तर्गत शुक्रबार पार्टी कार्यालय हाँडेभिरमा सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको हो । पार्टीको बिधान अनुसार ३७३९ पार्टी सदस्यहरु मध्यबाट खुल्ला बाट ५, महिलाबाट २, दलितबाट १ र दलित महिलाबाट १ गरि ९ जना महाधिवेशन प्रतिनिधि चयन गरिएको हो ।

महाधिवेशन प्रतिनिधिमा खुल्ला तर्फ नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश कमिटि सदस्य नवराज शर्मा, जिल्ला कमिटि उपाध्यक्ष देबेन्द्र केसी, सचिव बालकृष्ण सुवेदी, र उपसचिव देव बहादुर घले चयन हुनुभएको नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला तर्फ प्रदेश कमिटि सदस्य नरदेवि पुन र जिल्ला सचिवालय सदस्य तथा अनेमसंघ म्याग्दीकी अध्यक्ष थमसरा पुन, दलित तर्फ प्रदेश कमिटि सदस्य पुस्कर बिक र दलित महिला तर्फ मालिका गाउँपालिकाका उपाध्यक्ष समेत रहनुभएका एमाले नेतृ खरमाया बिटालु महाधिवेशन प्रतिनिधि चयन हुनुभएको छ ।

हालै मात्र वडा तथा पालिकाका अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न गरेको एमाले म्याग्दीले महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत रुपमा चयन गर्न सफल भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);