ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

ललितपुरबाट एमालेका १८ जना महाधिवेशन प्रतिनिधि छानिए

ललितपुर । ललितपुरमा नेकपा (एमाले)का १८ जना महाधिवेशन प्रतिनिधि छनाेट भएका छन् ।  उनीहरु १०-१२ मंसिरमा  चितवनमा हुने महाधिवेशनमा सहभागी हुनेछन् । शनिबार भएको निर्वाचनमा ललितपुर-३ बाट बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन र महिला कोटाबाट कमला थापा निर्वाचित भएका छन् ।

ललितपुर- १ बाट संघीय सासंद नवराज सिलवाल, प्रदेश सांसद मधुसूदन पौडेल र चेतनाथ संजेल,महाँकाल गाउँपालिका अध्यक्ष रामचन्द्र दाहाल, एमाले ललितपुर सचिव पुरुषोतम आचार्य, महिलातर्फ तारा संजेल र अन्नपूर्ण बस्नेत सर्वसम्मत चयन भएकाे एमाले ललितपुरका सचिव पुरुषोत्तम आचार्यले बताए ।

आचार्यका अनुसार ललितपुर-२ बाट एमाले जिल्ला अध्यक्ष हरिकृष्ण ब्यन्जनकार,रामेश्रवर श्रेष्ठ,चिरञ्जीवी आचार्य,राम राउत र महिलातर्फ मन्जरी शाक्य चयन भएका छन् । जिल्लाबाट दलीत कोटामा दिनेश अछामी सर्वसम्मत भएका छन् ।

१०-१२ मंसिरमा हुने महाधिवेशनमा देशभरका  ७७ जिल्ला र जनवर्गीय संगठनका पाँच प्रतिशत मनोनयन समेत गरी १ हजार ९ सय ९९ जना महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् ।एमालेले गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरेकाे थियाे । जिल्ला र प्रदेशको नेतृत्व चयन भइसकेकाे छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);