चितवनबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चितवनबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

चितवन । नेकपा (एमाले)चितवनले १०औँ राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधि छनोट गरेको छ । २८ जनाको लागि २ सय ६ जनाको मनोनयन पत्र दर्ता भएपछि कार्यदलले शनिबार अबेरसम्म छलफल गरी सर्वसम्मत रुपमा छनोट गरेको हो ।

महाधिबेशन प्रतिनिधि छनोट कार्यदलमा एमाले केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज काशिनाथ अधिकारीको संयोजकत्वमा चार केन्द्रीय सदस्य रहेको कार्यदल बनाइएको थियो । कार्यदलले चितवनको तीन वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा उत्पीडन क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन-१ बाट १० जना, २ बाट नौ जना, ३ बाट सात जना र दलित तथा उत्पीडन क्षेत्रबाट दुई जना छनोट भएका हुन् । एमालेको १०औँ महाधिवेशन १-–१२ मंसिरसम्म चितवनमा हुँदै छ ।

हेर्नुहोस् महाधिवेशन प्रतिनिधिको नामावली

निर्वाचन क्षेत्र नम्बर १ 
(खुलातर्फ) : 
जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक

(महिलातर्फ) : प्रभा बराल, सुनिमाया चेपाङ, विमला दुवाडी

२ बाट
(खुलातर्फ) : 
कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

(महिलातर्फ) : सूर्यवदना हमाल, शान्ति अधिकारी, माया सिलवाल

३ बाट 
(खुलातर्फ) :  
हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना 

(महिलातर्फ) : पार्वती रावल, सरस्वती विष्ट

दलित तथा उत्पीडन क्षेत्रबाट : शिवकुमारी गोतामे, श्यामलाल विक

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);