अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अछामबाट एमालेका १४ जना महाधिवेशन प्रतिनिधि निर्विरोध चयन

अछाम । नेकपा एमाले अछामले १०औँ राष्ट्रिय महाधिवेशनका लागि १५ जना प्रतिनिधि छनोट गरेको छ । कार्यदलले अछामको दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।

महाधिवेशन प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट छ जना छनोट गरिएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ बाट आठ जना छनोट भएका छन् । निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फबाट कृष्णप्रसाद जैसी, हर्कबहादुर कुँवर ( गोविन्द), प्रकाश शाह, भरत अयडी,  डिबी साउद, महिलातर्फ पशुपति कुँवर, दुधकला विष्ट प्रतिनिधिमा छनोट भएका छन् ।

दलित समावेशीतर्फ रामबहादुर आउजी र राधिका भुजेललाई छनोट गरिएको छन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २ खुलातर्फ यज्ञबहादुर बोगटी, बमबहादुर विसी, भरत साउद, शिवप्रसाद उपाध्याय, भिम जनाला, सर्वसहमतिबाट प्रतिनिधि छनोट गरिएको नेकपा एमाले अछामले जानकारी दिएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);