एमाले अधिवेशन : हुम्लामा प्रतिनिधि छनोट सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

एमाले अधिवेशन : हुम्लामा प्रतिनिधि छनोट सम्पन्न

हुम्ला । नेकपा एमालेको जिल्ला अधिवेशनका लागि हुम्लामा प्रतिनिधि छनोट सम्पन्न भएको छ । एमालेको जिल्ला अधिवेशन शुक्रबार हुँदै छ । यसका लागि हुम्लाले अधिवेशन छनोट सम्पन्न गरेको हो ।

४४ वटा वडा रहेको हुम्लामा लिमीबाहेक पार्टीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको एमाले जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । 

अदानुलीबाट २२, चंखेलीबाट १४, ताजकोटबाट २१, सर्केगाड गाउँपालिकाबाट ३०, खार्पुनाथबाट १३, सिमकोटबाट १८ र नाम्खाबाट ६  जना शुक्रबार हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । 

पार्टीकाको संगठित सदस्यका आधारमा गाउँपालिकाबाट छनोट भएको र १३ जना जिल्ला कार्य समितिले मनोनीत गरेको पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए । एमाले जिल्ला कमिटी बैठकले ४० जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि र दलितका लागि ३० जना बराबर एक जना प्रतिनिधि छनोट हुने मापदण्ड निर्धारण गरेको थियो ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् । प्रतिशत उल्लेख नभए पनि युवा र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको एमालेले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);