एमाले हुम्लाकाे स्थगित अधिवेशन सुरू | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

एमाले हुम्लाकाे स्थगित अधिवेशन सुरू

सुर्खेत । नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएकाे जिल्ला अधिवेशन साेमबारबाट सुरू भएको हो ।

यसअघि पहिलो पटक चिसोका कारण र दाेश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियाे । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौैं ।’

अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताए । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छाैँ ।’ उनले भने, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’ कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);