दैलेख एमालेकाे अधिवेशन आज, पुनः मतदान जारी | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

दैलेख एमालेकाे अधिवेशन आज, पुनः मतदान जारी

दैलेख । नेकपा एमाले दैलेखको सातौं अधिवेशनअन्तर्गत बुधबार पुनः अधिवेशन सुरू भएको छ । गत पुसका लागि तय भएकाे अधिवेशनमा प्रतिनिधिको संख्याभन्दा ३१ मत बढी भेटिएपछि अधिवेशन स्थगित भएको थियो ।

बिहान आठ बजे सुरू भएको मतदान कार्यक्रम शान्तिपूर्ण रहेकाे नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए । उनले भने, ‘मतपरीण आजै आउने छ ।’

अधिकांश स्थानीय  तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वसम्मत समेत भइसकेका छन । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता)संख्या सात सय २१ रहेको छ । अघिल्लो पटककाे मतदानमा सात सय १७ मत खसेको थियो । तर, मतपेटिका खोलेर गन्दा सात सय ४८ मत भेटिदा मतगणना रद्द गरिएको थियो ।

नेकपा एमाले दैलेखको अध्यक्षका लागि क्षेत्र नम्वर २ बाट सूर्यबहादुर शाही रहेका छन् भने क्षेत्र नम्वर १ बाट निवर्तमान अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रवीन्द्रराज शर्मा रहेको अध्यक्ष शाहले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);