भोजपुरमा सुदन किरातीको १६ सय बढीको अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भोजपुरमा सुदन किरातीको १६ सय बढीको अग्रता

काठमाडौं । भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले १६ सय बढी मतको अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार सुदनले ७ हजार ४१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेरधन राईले ५ हजार ४०० मत प्राप्त गरेका छन्।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए। तर त्यो बेला एमाले र माओवादी एकता गरेर नेकपा गठन भएको बेला थियो। भोजपुरमा लामो समयदेखि नै यी प्रतिस्पर्धीबीच रोचक प्रतिस्पर्धा हुँदै आएको छ। २०६४ मा सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए। तर २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएर बदला लिएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);