भोजपुरमा भारी मतले एमाले शेरधन राई विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३१ २०८३, सोमबार

भोजपुर, २३ मंसिर। भोजपुर प्रदेशसभा (ख) मा वामगठबन्धनका साझा उम्मेदवार बनेका नेकपा एमालेका वैकल्पिक पोलिट्व्यूरो सदस्य एवम् पूर्वमन्त्री शेरधन राई ठूलो मतान्तरले विजयी भएका छन्।

राईले १३ हजार २ सय २९ मत अन्तरले कांग्रेसलाई पराजित गरेका हुन्।

उनले २० हजार ३ सय ३४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द बहादुर कार्कीले ७ हजार १ सय पाँच मत ल्याएर पछि परेका छन्।

कार्कीले कुल ७ हजार १ सय पाँच मत ल्याउँदा तेश्रो स्थानमा पछ्याईरहेका नेकपा मालेका उम्मेदवार यादव कुमार पाण्डेले सात सय ८९ मत ल्याएका थिए।

ताजा समाचार