मतान्तर घटाउँदै शंकर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मतान्तर घटाउँदै शंकर

दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् । मंगलबार हिजो बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार ९आज० बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।

आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् । हालसम्म दाङ क्षेत्र नं। २ मा ३८ हजार १३२ मत गणना भइसकेको छ । अहिले क्षेत्र नं। २ को प्रदेश सभा ९२० तर्फको मत गणना भइरहेको छ । एमाले महासचिव शंकर पोख्रेलको घर यही क्षेत्रमा पर्दछ । मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ७३७ मत खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);