दाङमा शंकर पोखरेल भारी मतले विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

दाङमा शंकर पोखरेल भारी मतले विजयी

दाङ । वाम गठबन्धनको तर्फबाट ५ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएका एमाले नेता शंकर पोख्रेल दाङ क्षेत्र नं २ (क) को प्रदेश सभामा विजयी भएका छन्। पोख्रेलले आफना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कमल किशोर घिमिरेलाई झण्डै ९ हजार मतान्तरले जित निकालेका हुन्।

२ (क) को मतगणनाको अन्तिम परिणाम अनुसार पोख्रेलले २० हजार ४ सय ९४ मत पाएका छन् भने कांग्रेस उम्मेदवार कमलकिशोर घिमिरेले ११ हजार १ सय ६९ मत प्राप्त गरेका छन् ।

५१ हजार ७ सय मतदाता रहेका यस क्षेत्रमा ३५ हजार ५ सय ४२ मत खसेको थियो । दाङ २ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेका पोख्रेल मुख्यमन्त्रीको पक्का भए पछि प्रदेशमा झरेर कृष्ण बहादुर महरालाई प्रतिनिधि सभाका लागि ठाउँ छोडिदिएका थिए। एमाले स्थायी समिति सदस्य रहेका पोख्रेल पाटीभित्र बौद्विक र तार्किक नेताको रुपमा चिनिन्छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);