आफ्नै गृह जिल्लामा प्रदेश राजधानी लैजाने एमाले महासचिव पोखरेल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आफ्नै गृह जिल्लामा प्रदेश राजधानी लैजाने एमाले महासचिव पोखरेल पराजित

बुटवल । आफ्नो गृह जिल्लामा प्रदेश राजधानी लैजान विशेषा भूमिका खेल्ने एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरमा पराजित गरेकी हुन् ।शर्माले पोख्रेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।बुटवलमा अस्थाई राजधानी रहेकाे लुम्बिनी प्रदेश राजधानी दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेषा भूमिका खेलेका थिए ।

जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी ओली र प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानी मध्ये ६ वटा यथास्थानमा कायम भएका थिए । तर, लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

तर, बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि असफल भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही-२ मा अग्रता हासिल गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १४ हजार सात सय ३० मत प्राप्त गरेका छन् ।त्यस्तै पाँचदलीय गठबन्धनको समर्थमा उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले १२ हजार तीन सय ३४ मत ल्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);