संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार विजयी

upa nirwachan

काठमाडौं, १५ मंसिर । पछिल्लो मतपरिणाम अनुसार संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । पोखरेलले ३ हजार १८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बिमन पराजुलीले २ हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

यसैगरी हुम्लाको खार्पुनाथ गाउँपालिकाको अध्यक्षमा नेकपाकी १ हजार ४ सय ५४ मतसहित विजयी भएकी छिन भने नेपाली कांग्रेसकी तारा शाहीले १ हजार ३ सय ८५ मत प्राप्त गसेकी छिन् ।

उपनिर्वाचन भएका बिभिन्न जिल्लाका स्थानीय तह अन्तर्गत ४३ वटा वडामध्ये अधिकांशको मतगणना सकिदा सत्तारुढ नेकपाले २२ वडाध्यक्ष जितेर अग्रता कायम राखेको छ । त्यसैगरी नेपाली कांग्रेस १२ वडाध्यक्ष जितेर दोस्रो स्थानामा छ भने समाजवादी पार्टीले ३ वटा वडाध्यक्ष जितेर तेस्रो स्थानमा छ । राष्ट्रिय जनता पार्टी (राजपा) ले ३ वडाध्यक्ष जितेको छ । अन्य कुनै पनि दलले वडाध्यक्ष जित्न सकेका छैनन् ।

त्यसैगरी कास्कीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेकपाकी उम्मेदवार बिद्या भट्टराइले दोब्बर मत सहित अग्रता लिएकी छन भने नेपाली कांग्रेसका खेमराज पौडेल दोस्रो स्थानममा रहेका छन् । भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन भने, पौडेलले ७ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

त्यसै गरी दाङ क्षेत्र नम्बर ३ को प्रदेश सभा ख मा नेकपाकी उम्मेदवार बिमला ओलीले अग्रता लिएकी छन भने नेपाली कांग्रेसका केशव आचार्य दोस्रो स्थानमा रहेका छन । त्यसैगरी धरान उपमहानगर पालिकामा पनि नेकपाका उम्मेदवारले अग्रता लिएका छन् ।

बाग्लुङ प्रदेश सभा सदस्यको मतगणना भने केहीबेर अघि शुरु भएको छ । त्यसैगरी महोत्तरीको पिपरा गाउँ पालिका अध्यक्षमा नेकपाका उम्मेदवार अग्रता लिएका छन भने दोश्रोमा राजपाका उम्मेदवार रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);