वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

वीरेन्द्रका दुई जहाज नारायणहिटीमा राखिँदै

narayanhiti darbar

काठमाडौं, १६ मंसिर । राजा वीरेन्द्र र राजपरिवारले प्रयोग गर्दै आएका एक÷एक हवाईजहाज र हेलिकोप्टर नारायणहिटी दरबार संग्रहालयमा राखिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षनजिक ह्याङ्गरमा राखिएका ती हवाईजहाज र हेलिकोप्टर संग्रहालयमा राख्न सरकारले तयारी थालेको छ ।

यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नारायणहिटी दरबार संग्रहालयले अध्ययन गरिरहेका छन् ।

यसै सिलसिलामा केही दिनअघि मन्त्रालयका उच्च अधिकारी र संग्रहालयका कर्मचारी विमानस्थल पुगेका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);