बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा बाम गठबन्धनका उम्मेदवार शाही विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागलुङको क्षेत्र नम्बर २ ‘ख’ मा बाम गठबन्धनका उम्मेदवार शाही विजयी

khem bikram shahi baglung

बागलुङ, १६ मंसिर ।  जिल्लाको क्षेत्र नम्बर २ ‘ख’ गण्डकी प्रदेशसभा सदस्यको उपनिर्वाचनमा बाम गठबन्धनका उम्मेदवार खिम विक्रम शाही विजयी हुनुभएको छ । आइतबार दिउसो १२ः४० बजेदेखि शुरुभएको मतगणना सोमबार विहान १ः३० बजे मात्र अन्तिम नतिजा सार्वजनिक भएको हो ।

शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी हुनुभएका हुन् । उहाँका निकटतम प्रतिद्वन्द्व नेपाली कांग्रेसका जीत शरचनले ९ हजार १३८ मत प्राप्त गरेको गर्नुभएको थियो । शाही जीत शेरचनसंग दुई हजार ९७ मतआन्तरले विजयी हुनुभएको हो ।

समाजवादी पार्टीका अशोककुमार विकले ३१६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७ मत ल्याउनु भएको थियो । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५ तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गर्नुभयो । यस्तै ३१६ मत बदर भएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको यस क्षेत्रमा कुल मतदाता संख्या ३५ हजार १८४ रहेकोमा जम्मा २१ हजार चार सय मत खसेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);