यस्तो छ उपनिर्वाचनको अन्तिम मतपरिणाम | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

यस्तो छ उपनिर्वाचनको अन्तिम मतपरिणाम

upa nirwachan

काठमाडौं, १६ मंसिर । गत शनिबार सम्पन्न उपनिर्वाचन भएका ५२ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार दाङ क्षेत्र नम्बर ३ (ख) बाट नेपाल कम्युनिष्ट पार्टी नेकपा उम्मेदवार विमला खत्री प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । २४ हजार २ सय ८६ मत प्राप्त गर्दै वली प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । निकटतम प्रतिदन्वदी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा वाम गठबन्धनका खिमविक्रम शाही विजयी हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको समर्थनमा शाहीले नेपाली कांग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।

यता धरान उपमहानगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ७ को मात्र मत गणनामा १ मतको अन्तर देखिएपछि विवाद देखिएपनि सम्रग उपमहानगरमा कांग्रेस विजयी भएको हो ।

कांग्रेसका तिलक राईले २६ हजार ७ सय ९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रकाश राईले २३ हजार ९ सय १४ मत प्राप्त गर्नुभएको छ । बाँकी निर्वाचन परिणाम आइतवार नै सार्वजनिक भैसकेको छ ।

शनिवार सम्पन्न प्रतिनिधि सभा सदस्य १,प्रदेश सभा सदस्य ३, उपमाहनगर प्रमुख १,गाँउपालिक प्रमुख ३,उपप्रमुख १ र ४३ वडा अक्ष्यक्ष गरी ५२ स्थानका लागि उपनिर्वाचन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);