प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई सिट, कांग्रेस २१ सिटमा सीमित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, २६ मंसिर ।  प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभातर्फ १ सय ६५ क्षेत्रमध्ये १ सय ६० क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । अब सुनसरी–३, सर्लाही–४, कैलाली–२ र स्याङजाका दुई क्षेत्रको परिणाम आउन बाँकी छ । चार क्षेत्रमा एमालेका उम्मेदवारको अग्रता छ भने एक क्षेत्रमा राजपाका उम्मेदवारले अग्रता लिएका छन् । सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ७७ क्षेत्रमा जित हात पारेको छ । कञ्चनपुर ३ मा एमालेका दिपकप्रकाश भट्ट विजयी हुनुभएको छ । भट्ट नेपाली कांग्रेसका रमेश लेखकलाई २५८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । भट्टले २६ हजार ३६४ मत ल्याउनुभयो ।

माओवादी केन्द्रसँग मिलेर चुनावी प्रतिस्पर्धा गरेको एमालेले कांग्रेसका किल्ला भत्काउँदै ७७ क्षेत्रमा पार्टीको झण्डा गाडेको हो । कांग्रेस कमजोर भएर २१ सिटमा सीमित हुँदा एमालेसँग मिल्दाको फाइदा माओवादी केन्द्रले पनि पाएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३६ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनता पार्टीले ११ तथा संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हात पारेका छन् । कैलाली–१ मा राजपाका रेशम चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी हुनुभएको छ । टिकापुर घटनाका योजनाकार मानिएका चौधरी नेकपा एमालेकी गरिमा शाहलाई २० हजार ९ सय ३५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो । शाहले १३ हजार ४ सय ६ मत पाउनुभयो ।

नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, राप्रपाले एक र मजदुर किसान पार्टीले १ सिट जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);