काम चलाउ हुन लागेको सरकारको कुनै पनि निर्णय अमान्यः एमाले | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, २५ मंसिर। नेकपा एमालेले देउवा सरकारलाई बिदा हुन लागेको बेला विभिन्न नियुक्ति गर्ने कार्यमा नलाग्न आग्रह गरेको छ। एमालेले नियुक्ति प्रक्रियामा संलग्न नहुन कर्मचारीलाई पनि सचेत गराएको छ।

एमालेका महासचिव इश्वर पोखरेलले सोमवार विज्ञप्ति जारी गर्दै देउवा सरकारले प्रदेश प्रमुखका अतिरिक्त गोरखापत्र संस्थान, दुग्ध विकास संस्थान, चलचित्र विकास बोर्ड र राष्ट्रिय आमसञ्चार प्रतिष्ठानमा नियुक्ति गर्न लागेको एमालेले उल्लेख गरेको छ।

एमालेको विज्ञप्तीमा भनिएको छ, ‘जाँदाजाँदै मौका छोप्न खोज्नु सरकारको दुराशय र जनादेशविपरीत कदम हो । यस्ता गलत निर्णयहरू गर्न स्थायी सरकार मानिने निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाई समेत संलग्न नहुन हामी सचेत गराउन चाहन्छौ।’

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);