प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तरगत अब सुनसरी ३ को मात्र परिणाम आउन बाँकी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, २७ मंसिर । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभातर्फ १ सय ६५ क्षेत्रमध्ये अब सुनसरी क्षेत्र नम्बर ३ को मात्र परिणाम आउन बाँकी छ । परिणाम आउन बाँकी सुनसरी ३ मा लोकतान्त्रिक गठबन्धनका विजय गच्छदारले ५ सय १९ मतले अग्रता लिनुभएको छ । सार्वजनिक मत परिणाम अनुसार नेकपा एमालेले सबैभन्दा धेरै ८० क्षेत्रमा जित हात पारेको छ । माओवादी केन्द्रसँग मिलेर चुनावी प्रतिस्पर्धा गरेको एमालेले कांग्रेसका किल्ला भत्काउँदै ७८ क्षेत्रमा पार्टीको झण्डा गाडेको हो ।

कांग्रेस कमजोर भएर २२ सिटमा सीमित हुँदा एमालेसँग मिल्दाको फाइदा माओवादी केन्द्रले पनि पाएको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३६ उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनता पार्टीले ११ तथा संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हात पारेका छन् । कैलाली–१ मा राजपाका रेशम चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी हुनुभएको छ । टिकापुर घटनाका योजनाकार मानिएका चौधरी नेकपा एमालेकी गरिमा शाहलाई २० हजार ९ सय ३५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको हो ।

शाहले १३ हजार ४ सय ६ मत पाउनुभयो । नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, राप्रपाले एक र मजदुर किसान पार्टीले १ सिट जितेका छन् । भने १ स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);