माउण्टेन टेलिभिजनले छोटो समयमै छुट्टै पहिचान बनाउन सफल भएको एमाले बरिष्ठ नेता नेपालको भनाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौं, २७ मंसिर । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले वाम गठबन्धनले दुई तिहाई मत सहित आर्थिक समृद्विका लागि काम गर्ने बताएका छन् ।

माउण्टेन टेलिभिजनको आठौं वार्षिकोत्सव समारोहमा बोल्दै बरिष्ठ नेता नेपालले कम्युनिष्टहरुकै अगुवाईमा नेपालमा लोकतन्त्र र गणतन्त्र आएको उल्लेख गर्दै अब आर्थिक विकासको नेतृत्व पनि कम्युनिष्टले नै गर्ने बताए । उनले निर्वाचनमा पराजित हुनेहरु आत्तिने र विजेताहरु मात्तिने अवस्था नरहेको बताउँदै आर्थिक विकास र समृद्विका लागि सँगसँगै काम गर्न कांग्रेसलाई आग्रह गरे ।

नेता नेपालले माउण्टेन टेलिभिजनले निश्पक्ष समाचार प्रशारण गरेको र आम निर्वाचनका बेला खेलेको भूमिकाको प्रशंसा पनि गरेका छन् । कार्यक्रममा सूचना तगा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले माउण्टेन टेलिभिजनले निर्वाचनका क्रममा खेलेको भुमिका अत्यन्तै सकारात्मक रहेको बताए । उनले अबको आर्थिक समृद्विका लागि सञ्चार जगत्को नेतृत्व माउण्टेनले लिनसक्ने बताउँदै अन्य टेलिभिजनहरुकालागि पनि माउण्टेन टेलिभिजन प्रेरणाको स्रोत बन्नुपर्ने बताए ।

मन्त्री बस्नेतले निर्वाचनका क्रममा जस्ले जिते पनि लोकतन्त्रको जित भएको बताए । उनले आर्थिक विकासका सवालमा आफुहरु अब बन्ने सरकारसँग सहकार्यका लागि तयार रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);