समाचार संप्रेशण गरेकै भरमा सप्तरी संवाददाता दिवाकर साहमाथि पटक-पटक धम्की (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

समाचार संप्रेशण गरेकै भरमा सप्तरी संवाददाता दिवाकर साहमाथि पटक-पटक धम्की (भिडियो)

जिल्लामा भएका अनियमितता र भ्रष्टाचारका खबर प्रशारणले भ्रष्टहरु नियोजित षड्यन्त्रमा सक्रिय बन्दै

मुलुकमा अनियमितता र भ्रष्टाचार व्याप्त बन्दै गएको छ । विशेष गरी प्रदेश २ मा बढी अनियमितिताको खबर बाहिरिदै आएका छन् । प्रदेश २ को सप्तरीका पूर्वाधार विकास आयोजना र कोरोना रोकथाममा भएका अनियमितताको माउण्टेन टेलिभिजनले संप्रेशण गर्दै आएको छ । समाचार संप्रेशणपछि माउण्टेन टेलिभिजन सप्तरी संवाददाता दिवाकर साहमाथिको धम्की दिने क्रम रोकिएको छैन ।

समाचार सम्प्रेषण गरेकै भरमा संचारकर्मीे असुरक्षित हुनु परेको छ । माउण्टेन टेलिभिजनका सप्तरी संवाददाता दिवाकर साह जिल्लामा भएको भ्रष्टाचार र अनियमितताका विषयमा खबर सम्प्रेषण गरेकै भरमा असुुरक्षित हुनु परेको हो ।

संवाददाता साहको घरमा शनिबार एक समूहले आक्रमणको प्रयास गरेको छ । घरमा बसिरहेको अवस्थामा घर भित्रै छिरेर एक समूहले परिवारका सदस्यमाथि हातपात गरेको हो । हातमा रड, लौरो र हातहतियार सहित आएका उनीहरु दिवाकर खै भन्दै घर भित्र छिरेका थिए । आक्रमणको प्रयास भएपछि संवाददता साह भाग्न सफल भएका थिए । सप्तरी जिल्लामा भएका बेथिती विरुद्ध निरन्तर माउन्टेन टेलिभिजनमा समाचार संप्रेषण भएपछि सप्तरीमा भ्रष्टाचार र तस्करीसंग कुुम जोडेर हिडे्नेहरुको निद हराम भएको छ ।

केही समयअघि भ्रष्टाचारको विषयमा खवर प्रशारणपछि साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । आक्रमणले संवाददाता साहका परिवार यतिबेला मानसिक तनावमा छन् । मलेठको शहीद गेट, छिन्नमस्ताको सडक आयोजना, साईकृष्ण अस्पताल र राजविराज नगरपालिकामा रहेको अस्थायी आईशोलेशनको चरम बेथितीको विषयमा खबर प्रशारण भएपछि संवाददाता साह अनेक षडयन्त्र गरी फसाउने दुष्प्रयास हुँदै आएको छ । खबर प्रशारण भएपछि सप्तरीका केही व्यक्तिहरु आफनो तागत देखाईदिने भन्दै साहलाई धम्क्याउदै आएका छन् । भ्रष्ट ठेकेदार र त्यसका संरक्षकहरुको दबाब,प्रभावमा अहिले साह र उनका परिवारमा मानसिक यातना दिने प्रपन्च रचिएको छ ।

यस्तै प्रपञ्चमा यसअघि साहलाई श्रावण ३२ मा प्रहरी थुनामा राख्न बाध्य पारिएको थियो । आर्थिक अनियमितताको समाचार सम्प्रेषण गरेकै आधारमा यस्तो भएपछि माउण्टेन टेलिभिजनको पहलमा सप्तरी जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा साह थुना मुक्त भएका थिए । अहिले फेरि साहमाथि ज्यान मार्ने धम्की आएपछि माउण्टेन टेलिभिजनले गृह मन्त्रालय, नेपाल पत्रकार महासंघ, जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रमुख जिल्ला अधिकारीको कार्यालय सप्तरीको गम्भीर ध्यानाकर्षण गराएको छ ।

माउण्टेन संवाददाता साहको सुरक्षाको लागि कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता ती निकायहरुबाट आएको छ । पत्रकारलाई थर्काएर विकासका नाममा जाने बजेट अनियमितता गर्ने त्यस्ता भ्रष्ट प्रवृत्ति भएका व्यक्ति र ठेकेदारलाई परास्त गर्न सुरक्षा निकायबाट हुँदै आएको सहयोग निरन्तर रहने अपेक्षा गरिएको छ । भ्रष्ट ठेकेदार र तिनका संरक्षक बन्दै आएका भ्रष्ट नेताहरुबाट मुलुकलाई बचाउन स्थानीयले पनि स्थानीय सुरक्षा निकाय र सरकारी निकायलाई सही सूचना दिई सहयोग गर्नु आवश्यक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);