माउण्टेन संवाददाता राकेश यादवमाथी प्रहरीको दुर्व्यवहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

माउण्टेन संवाददाता राकेश यादवमाथी प्रहरीको दुर्व्यवहार

रौतहट, ४ साउन । माउण्टेन टेलिभिजनका रौतहट संवाददाता राकेश यादव समाचार संकलन गर्दै गर्दा प्रहरीले दुर्व्यवहार गरेको छ । शुक्रबार दिउँसो समाचार संकलन गरेर रौतहटको सदरमुकाम गौरबाट चन्द्रपुर तर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय गौरले संवाददाता राकेशलाई पक्राउ गरेको हो ।

कार्यालय अगाडि एक घटनाको विषयमा विवाद भैइरहँदा प्रहरीले लाठी चार्ज गरेको थियो । उक्त भिडमा प्रहरीले गरेको लाठि चार्ज व्यवाही गुनाई नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष र पूर्ववडा अध्यक्ष इश्वरीप्रसाद यादवलाई समेत लाग्न पुग्यो ।

त्यसपछि वडा अध्यक्षले प्रहरीले लाठि चार्ज गरेको विरोधमा सडकमा चक्काजाम गरे । चक्काजाम गरेर सवारी आवागमन प्रभावित गरेको भन्दै प्रहरीले वडा अध्यक्षलाई नियन्त्रमा लियो ।

प्रहरीले वडा अध्यक्षलाई नियन्त्रणमा लिँदै गर्दा उक्त दृश्य संवाददाता राकेशले खिचेका थिए । तर, प्रहरीले दृश्य खिचेको भन्दै आफूमाथि दुव्र्यवहार गरी प्रहरी कार्यालयसम्म पुर्याएको राकेशले बताए ।

प्रहरीले आफ्नो क्यामेरा केहीबेर नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले दुश्य खिच्दै गर्दा राकेशलाई क्यामरा फुटाइदिने धम्कि समेत दिएको थियो । नियन्त्रणमा लिएको भण्डै आधा घण्टापछि राकेशलाई प्रहरीले छोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);