१२ केजी गाँजासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

१२ केजी गाँजासहित एक जना पक्राउ

नितेश कर्ण
वीरगञ्ज, २३ माघ ।
पर्साको छिपहरमाई गाउँपलिका वडा नं. ५ भिस्वाबाट अवैध लागूऔषध ‘गाँजा’ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वाबाट प्रहरी हलदार रामबिश्वास यादव र चन्दन कुमार यादवले भिस्वास्थित वडा कार्यालय नजिकबाट १२ केजी अवैध लागूऔषध ‘गाँजा’ सहिद उक्त मानिसलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धोबिनि गाउँपालिका वार्ड नं. ५, धोबिनि निवासी ४० वर्षीय समसुल मियाँ रहेको प्रहरीले जनाएको छ । चौकीको दक्षिण भारततर्फ साईकलको क्यारियरमा बोरामा राखेर लैजादै गरेको समयमा चेक जाँच गर्दा उक्त गाजा बरामद भएको प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित मियाँलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखि थप अनुशन्धान भईरहेको प्रहरी निरिक्षक दिपक थापाले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);