परासी कारागारका १ सय ९६ जनालाई कोरोनाविरुद्धको खोप लगाइयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

परासी कारागारका १ सय ९६ जनालाई कोरोनाविरुद्धको खोप लगाइयो

जीवन न्यौपाने
नवलपरासी, २३ माघ ।
कोरोना भाईरस कोभिड–१९ विरुद्ध पश्चिम नवलपरासीमा जारी खोप अभियान अन्तर्गत विहिबार २ सय ४० जनालाई खोप लगाईएको छ । ती मध्ये परासी जिल्ला कारागारमा रहेका ३२ महिला सहित १ सय ९६ जना कैदिबन्दीलाई समेत खोप लगाईएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले जानकारी दिनुभयो ।

कारागार पनि संक्रमणको उच्च जोखिमको स्थान भएकाले बिहीबार कारागारमै पुगेर स्वास्थ्यकर्मीको टोलीले खोप लगाएको पोखरेलले बताउनुभयो ।

बिहीबार नै पृथ्वी चन्द्र अस्पतालमा रहेको खोप केन्द्रमा पनि ४४ जनलाई खोप लगाईएको छ । ४ जना सुरक्षाकर्मी, ३४ जना स्वास्थ्यकर्मी, ३ जना स्वास्थ्य कार्यालयमा खटिने सहयोगी र कर्मचारी, १ जना महिला स्वास्थ्य स्वंयसेविका र २ जना सरसफाईकर्मी गरी एकै दिन २ सय ४० जनालाई खोप जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म १ हजार १ सय २ जनालाई खोप प्रदान गरीसकिएको छ भने अब ५० डोज मात्र खोप बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले जानकारी दिनुभयो

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);