दोश्रो चरणको खोप अभियान फागुन २ देखि ७ गते सम्म चल्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

दोश्रो चरणको खोप अभियान फागुन २ देखि ७ गते सम्म चल्दै

कपिलबस्तु, १ फागुन । कोरोना बिरुद्धको दोश्रो चरणको खोप अभियान कपिलवस्तुमा फागुन २ देखि ७ गते सम्म चल्ने भएको छ । दोश्रो चरणको अभियानमा संचारकर्मी, सरकारी, सार्वजनिक बित्तीय संस्थालाई खोप दिने निर्णय भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयमा प्रजिअ तथा कोरोना खोप समन्वय तथा अनुगमन समितिका अध्यक्ष दीर्घ नारायण पौडेलको अध्यक्षतामा भएको बैठकले सो निर्णय गरेको हो । दोश्रो चरणकालागि जिल्ला स्वास्थ्य कार्यालय, पिपरा र शिवराज अस्पतालममा खोप केन्द्र खडा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले बताए ।

दौश्रो चरणको शुभारम्भ प्रजिअ पौडेलले खोप लगाएर गर्ने कार्यक्रम रहेको उनले बताए । जिल्ला स्वास्थ्य कार्यालयमा आईतवार बिहान १० बजे पत्रकार महासंघले सिफारिस गरेका १ सय ६८ जना संचारकर्मीलाई खोप दिईने छ ।

पत्रकार र जिल्ला स्थित सरकारी कार्यालयका सबै कर्मचारीहरुलाई फागुन २ देखि ५ गते सम्म खोप दिईने खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । जिल्लाका ३ सय १३ कार्यालयका ४ हजार ८७१ जनालाई खोप दिने लिस्ट तयार भएको छ ।

कोभिशिल्ड खोप दिईने छ । दोश्रो चरणको खोप लगाउने कार्यक्रमको तयारी पुरा भएको स्वास्थ्य कार्यालयका प्रमुख केसीले बताए । १८ बर्ष मुनी, गर्भवती र ६ महिना भित्रका सुत्केरीलाई खोप लगानउ पाउने छैनन । पहिलो चरणको माघ १४ देखि २४ सममको अभियानमा २२ सय १६ जनालाई खोप लागइएको छ ।

पहिलो चरणमा लगाउन छुटेकाहरुलाई समेत दोश्रो चरणमा खोप लगाईने छ । पत्रकार, कर्मचारीहरुलाई खोप लागनउ आउदा परिचय पत्र लिएर आउन आग्रह गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);