प्रधानमन्त्री ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने

काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । आइतबार प्रधानमन्त्री ओलीले खोप लगाएर दोश्रो चरणको खोप अभियान सुरु गर्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले भोलि त्रिवि शिक्षण अस्पतालबाट खोप लगाउन स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबारबाट ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गर्दैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि ६५ वर्षमाथिका मानिसलाई खोप दिएर दोस्रो चरणको खोप अभियान सुरु गर्दैछ । दोश्रो चरणको खोप अभियानमा ६हजारभन्दा बढ खोप केन्द्रहरुबाट खोप लगाइने छ ।

संवैधानिक निकायका पदाधिकारीले पनि आइतबारबाट नै खोप लगाउने बताइएको छ । त्यसैगरी आइतबार नै भारतबाट कोभ्याक्सको तीन लाख ४८ हजार डोज खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);