दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदै

काठमाडौं, २३ फागुन। कोरोना भाइरस संक्रमणविरुद्ध दोस्रो चरणको खोप अभियान आजबाट सुरु हुँदैछ ।

यो चरणको अभियानअन्तर्गत ६५ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ । यो चरणमा १५ हजारभन्दा बढी जनशक्ति परिचालन गरी ४२ लाखलाई खोप लगाइने मन्त्रालयले बताएको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको बताए ।

यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरिद गरेको १० लाख मात्रा खोप आइसकेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने सरकारको योजना छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);