कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप आजदेखि बितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप आजदेखि बितरण

काठमाडाैं, १४ माघ । कोरोना भाइरस विरुद्धको कोभिशिल्ड खोप आजदेखि बितरण गरिने भएको छ । सातै प्रदेशका ६२ वटा अस्पतालमा खोप लगाइने सूचीमा परेका स्वास्थ्यकर्मीले पहिलो चरणमा खोप लगाउने भएका हुन् ।

खोपको प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे भर्चुअल माध्यमबाट शुभारम्भ गर्नुहुनेछ । खोपको शुभारम्भ समारोहमा सातै प्रदेशमा रहेका ६२ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट सूचीकृत व्यक्तिलाई एकै साथ खोप दिइने छ ।

नेपालमा पहिलो कोरोना संक्रमितको उपचार गरिएको टेकु अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी र अस्पतालमा संक्रमितको उपचारमा खटिने डा.अनुप बाँस्तोलाले पहिलो खोप लगाउने भएका छन् ।

काठमाडौँ उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । यस्तै यही माघ १८ गतेभित्र ७७ जिल्लाका ३०० खोप केन्द्रमार्फत खोप प्रदान गरिने खोप शाखाको तयारी छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्ने बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);