पृथ्वी चन्द्र अस्पताल परासीमा आजदेखि कोरोना खोप लगाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

पृथ्वी चन्द्र अस्पताल परासीमा आजदेखि कोरोना खोप लगाइँदै

जीवन न्यौपाने
नवलपरासी, १४ माघ ।
पश्चिम नवलपरासीसहित कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबारदेखी देशभर शुभारम्भ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकै पटक काठमाडौंका ११ वटा अस्पतालमा यो अभियान सुरु गर्नुभएको छ ।

पश्चिम नवलपरासीमा पनि बुधबार विहान १० बजेदेखि जिल्लाको पृथ्वी चन्द्र अस्पताल परासीमा कोभिड-१९ विरुद्धको खोप अभियानको शुभारम्भ भएको छ । खोप अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले गर्नुभएको छ ।

खोपको शुभारम्भसंगै पहिलो चरणमा भने फन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, कोभिडबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी, एम्बुलेन्स चालक तथा सहचालक र सरसफाइकर्मिलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्व प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा २ सय ३८ भाइल खोप उपलब्ध भएको छ ।

१ भाइल बराबर १० डोज खोप दिन मिल्ने भएकाले २ हजार ३ सय ८० जनाले सो खोपको सेवा लिन पाउनेछन् । पहिलो चरणमा भने जिल्लामा १ हजार १ सय जनालाई सो खोप लगाइने र बाकी खोप १ महिना पछि पहिलो चरणमा खोपको सेवा लिइसकेका व्यक्तिहरुलाई दोस्रो डोजको खोप लगाइने पोखरेलले जानकारी दिनुभयो । जिल्लामा पुन खोपको उपलब्धता भएपछि अन्य नयाँ व्यक्तिहरुलाई पनि खोप दिदै जाने उहाँको भनाई छ ।

स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणमा कोरोना भाइरस रोकथाममा अग्रपंक्तिमा खटिने ४ लाख ३० हजार जनाले खोप लगाउन पाउनेछन् । सात प्रदेश र काठमाडौं उपत्यकाका गरी ६२ वटा अस्पताल र ७७ जिल्लाका ३ सय भन्दा बढी केन्द्रबाट खोप अभियान सुरु हुनेछ । एउटा खोप बुथले एक दिनमा १ सय २० देखि १ सय २५ जनालाई खोप दिनसक्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभएको छ । खोप अभियानका लागि सबै प्रदेशहरुमा खोप पुगिसकेको पनि स्वास्थ मन्त्रालय जनाएको छ ।

भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख मात्रा खोप नेपाल ल्याइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणको खोप अभियान सुरु गरेको १० दिनभित्र अभियान सम्पन्न गर्नेछ । पहिलो चरणमा चार लाख ३० हजारलाई खोप दिइने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);