दाङमा कोरोना खोप लगाउन शुरु, कसैलाई डर, कसैलाई उत्साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

दाङमा कोरोना खोप लगाउन शुरु, कसैलाई डर, कसैलाई उत्साह

corona vaccine test

दाङ, १४ माघ । कोरोना भाइरस कोभिड –१९ विरुद्धको खोप दाङमा पनि लगाउन सुरु गरिएको छ । राप्ती राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीबाट स्वास्थ्यकर्मीबाट खोप लगाउन सुरु गरिएको छ ।

सोहि अनुसार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेण्डेन डाक्टर विनोद सिंहले खोप लगाएर अभियानको सुभारम्भ गर्नुभएको हो । कोरोना महामारीको समयमा दिनरात आफ्नो ज्यानलाई जोखिममा राखेर खटिएका स्वास्थ्यकर्मीहरुले भने आहिले खोप लगाउँन पाउँदा धेरै खुशी भएको बताएका छन् । राप्ती प्रादेशिक अस्पतालमा कार्यरत गुरु प्रसाद योगीले खोप लगाउँदा मनमा डर लागि रहेको बताउनुभयो ।

उहाँले पहिलो पटक कोरोना विरुद्धको खोप लगाउँदा केहि असर हुन्छ,की भन्ने डर लागेको भएता पनि यो खोपले कोरोना नियन्त्रणमा मद्धत गर्नेमा आफु विस्वत रहेको समेत बताउनुभयो ।त्यस्तै, अर्का अस्पतालमा कार्यरत सुलभ अधिकारीले कोरोना विरुद्धको खोप लगाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

उहाँले हरेका औषधिहरुमा साइड इफेक्टहरु हुने भएकाले पनि यसमा पनि हुनसक्ने भन्दै खोप लगाइसकेपछि ढुक्क भएर काम गर्न सकिने उहाँले बताउनुभयो ।त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगिता भण्डारीले यो खोप लगाउँदा कुनै पनि असर नगर्ने बताउनुभयो । उहाँले यो खोप लगाउँदा सानो तिनो असर बाहेक अरु कुनै असर नहुने भएकाले ज्यानलाई कुनै खतरा नहुने समेत बताउनुभयो ।

उहाँले खोप दिनको लागि केहि मापदण्डहरु तोकिएको समेत उहाँले बताउनुभयो ।जिल्लामा पहिलो चरणमा ३ हजार व्यक्तिका खोप आएको छ । एक व्यक्तिलाई २ पटक खोप दिइने भएकाले २८ दिन पछि फेरी दोस्रो पटक खोप दिइने छ । पहिलो दिन प्रत्येक अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी लगाएतले खोप दिइने स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);