नेपालमा सङ्क्रमण बढ्यो,खोप लगाउन मन्त्रालयको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपालमा सङ्क्रमण बढ्यो,खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ, २६ चैत्र । नेपालमा कोरोना भाइरस बढेसँगै सरकारले सबैलाई खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरेको हो ।

पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको हो । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण नेपालसहित केही देशमा बढीरहेको छ । शनिबार ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने देशभर हाल कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने अहिले काठमाडौँसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउने व्यवस्था मिलाइएको छ ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप लिन पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);