मुस्कानलाई बधाई, अमेरिकी सरकारलाई धन्यवाद : राष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मुस्कानलाई बधाई, अमेरिकी सरकारलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं, २२ फागुन । तेजाव आक्रमण पीडित वीरगन्जकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड जितेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छन्।

राष्ट्रपति भण्डारीले शनिबार ट्विट गर्दै अमेरिकी विदेश मन्त्रालयले दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला जितेकीले मुस्कानलाई बधाई दिएकी छिन् । १५ वर्षीया मुस्कान विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेसनल वुमेन अफ करेज अवार्ड जितेकी हुन् । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीले ट्विट गर्दै मुस्कानलाई सोे अवार्ड प्रदान गरिने जानकारी गराएका थिए ।

राष्ट्रपति भण्डारीको ट्विटमा उल्लेख गरिएको छ, ‘एसिड आक्रमणको असह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ! ‘


यो अवार्ड पाउने मुस्कान पहिलो नेपाली हुन् भने विश्व कै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । उनलाई मार्च ८ सोमबार विश्व नारी दिवसका दिन भर्चुअल कार्यक्रमकाबीच अमेरिकी प्रथम महिला जिल बाइडेन र विदेशमन्त्री टोनी ब्लिकंनले सो अवार्ड प्रदान गरिने बताइएको छ । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै गएको बर्ष मुस्कान माथि तेजाव आक्रमण भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);